Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाका नेपाली समुदायलाई एनआरएनए सदस्यता लिन आह्वान
नेपालआईज
२२ फागुन २०८१ ९:५५
सिड्नी – गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले यहाँ रहेका नेपाली समुदायलाई संघको सदस्यता लिन आग्रह गरेको छ। एनआरएनए अस्ट्रेलियाका महासचिव सन्तोष कुँवरले विज्ञप्ति जारी गर्दै नेपाली समुदायलाई सदस्यता लिन अनुरोध गरेका हुन्।
विज्ञप्तिअनुसार, सदस्यता लिएपछि एनसीसी अस्ट्रेलियाका निर्वाचनहरू, वार्षिक साधारण सभाहरू (एजीएम) तथा एनआरएनए एजीएममा सहभागिता जनाउन सकिनेछ। एनआरएनएले यसले नेपाली समुदायको आवाज बुलन्द गर्दै भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ।
संघले साधारण सदस्यता शुल्क ३० डलर र आजीवन सदस्यता शुल्क २ सय ५० डलर निर्धारण गरेको छ। सदस्यता शुल्क सामाजिक कल्याण कोष, विभिन्न फोरम, आईसीसी लेवी तथा एनसीसीका कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।
पहिलोपटक सदस्यता लिन चाहनेहरूले स्मार्ट एनआरएनए प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। महासचिव कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अस्ट्रेलियामा एक सशक्त नेपाली प्रवासी समुदाय निर्माण गर्ने हाम्रो अभियान जारी छ। आजै एनआरएनए अस्ट्रेलियाको सदस्य बन्नुहोस् !