नेपाल फेस्टिभल एडिलेड: अस्ट्रेलियन समुदायमा नेपालको पहिचान !

नेपाल फेस्टिभल एडिलेड: अस्ट्रेलियन समुदायमा नेपालको पहिचान !
नेपालआईज
२६ फागुन २०८१ ६:५५


नेपाल सांस्कृतिक रूपमा धनी देश हो, जहाँ बहुसांस्कृतिक परम्परा, भाषा, धर्म, र पर्वहरू छन्। यी विशेषताहरूलाई  अस्ट्रेलियामा  रहेका नेपालीहरूले जोगाइराख्न  विभिन्न पहलहरू गरिरहेका छन्। यसै सन्दर्भमा, अस्ट्रेलियाको एडिलेडमा  सम्पन्न  ‘नेपाल फेस्टिभल’ नेपाली कला, संस्कृति, परम्परा, र खानपानलाई अस्ट्रेलियन समुदायबीच चिनाउने माध्यम बन्यो । 

नेपाल फेस्टिभलले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनाएको छ।  यस महोत्सवले नेपाली कला, संगीत, नृत्य, हस्तकला, तथा खानालाई प्रस्तुत गरी अस्ट्रेलियाली नागरिकहरूलाई नेपाली जीवनशैलीबारे जानकारी दिने अवसर प्रदान गर्यो । साथै, यसले बहुसांस्कृतिक सहअस्तित्वलाई प्रवद्र्धन गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनाएको छ । 

महोत्सवको आकर्षणहरू नेपाल फेस्टिभल एडिलेडमा विभिन्न कार्यक्रमहरू समावेश गरिन्छन्, जसले नेपाली संस्कृतिको विविधता झल्कायो। महोत्सवमा नेपाली लोक तथा आधुनिक गीत-संगीत प्रस्तुतीले  महोत्सवमा सहभागी भएका स्थानीयहरुले पनि मनोरन्जन गरे ।  नेपाली कलाकारहरूको प्रस्तुतिले दर्शकहरूलाई नेपालीपनको अनुभव गरायो । विभिन्न जातजाति तथा समुदायका नृत्य समूहहरूले आफ्नो मौलिक नृत्य प्रस्तुतीले  नेपालमै भएको झल्को दिन्थ्यो  भने नेपालका विभिन्न भेगको सांस्कृतिक सम्पदाको  उजागर गराउद्थ्यो । 

महोत्सवमा परम्परागत नेपाली खानाका परिकारले अस्ट्रेलियन समुदायलाई नेपाली स्वादसित परिचित गरायो ।  नेपाली ढाका तथा काठका हस्तकलाहरू, पश्मिना, तथा अन्य मौलिक उत्पादनहरूको प्रदर्शनीले  धेरैलाइ आकर्षण  गर्यो ।   महोत्सवमा नेपाल भ्रमणको प्रवद्र्धन गर्नका लागि नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी गराइनुले अस्ट्रेलियन पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्यो । 

नेपाल फेस्टिभल एडिलेडमा स्थानीय अस्ट्रेलियनहरुको  सहभागिता  बाक्लो देखिन्थ्यो ।  उनीहरू नेपाली कला, संगीत, र खानामा विशेष रुचि देखाउदै रमाए । महोत्सवमा आउने धेरै अस्ट्रेलियन पाहुनाहरूले नेपाली परम्परागत पोशाकहरू लगाएर फोटो खिच्ने, नृत्यमा सहभागी हुने, र नेपाली खानाको स्वाद  लिने गरेको देखिन्थ्यो । जसले नेपाली संस्कृति प्रतिको   अस्ट्रेलियनहरुको  चासो र आकर्षणलाई बढाएको  महशुस हुन्थ्यो ।

नेपाल फेस्टिभल एडिलेडले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ। अस्ट्रेलियन समुदायले नेपाली संस्कृतिप्रति देखाएको चासोले बहुसांस्कृतिक समाजको विकासमा योगदान पुऱ्याएको छ। यसका साथै, नेपाली समुदायले एडिलेडमा आफ्नो पहिचान बनाउन सफल भएका छन।

नेपाल फेस्टिभल एडिलेड प्रवासी नेपालीहरूको पहिचानलाई स्थापित गर्ने मात्र नभई अस्ट्रेलियन समुदायलाई नेपालसँग सांस्कृतिक रूपमा जोड्ने एक प्रभावकारी  माध्यम बन्यो । नेपाल फेस्टिभल एडिलेड अस्ट्रेलियामा मात्र नभई सम्पूर्ण  अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि गौरव बनेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको