सिड्नी – अष्ट्रेलियामा नर्सिङ क्षेत्रमा ६ वर्ष बिताएकी सदिशा ढुंगाना हाल चौथो चरणको स्तन क्यान्सर (Stage 4 Breast Cancer) बाट पीडित भएकी छन्। बिरामीहरूको उपचार र हेरचाहमा समर्पित उनी अहिले आफैं गम्भीर स्वास्थ्य संकटमा छिन्।
२८ वर्षीया सदिशा हालसालै विवाह बन्धनमा बाँधिएकी थिइन्। जीवनका धेरै सपना र लक्ष्यहरू पूरा गर्ने योजनामा रहेकी उनलाई यो गम्भीर रोगले ठूलो संकटमा पारेको छ। क्यान्सर पहिचान भएपछि उपचार खर्च अत्यधिक महँगो भएको छ, साथै उनका सबै बिदा सुविधा (leave entitlements) समाप्त भइसकेका छन्।
रोगका कारण उनी अहिले काम गर्न असमर्थ छिन्। त्यसैले GoFundMe मार्फत आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। Ashlea Woodhead को पहलमा सुरु गरिएको यो अभियानमा $२०,००० को लक्ष्य राखिएको छ।
सदिशा र उनको परिवारलाई सहयोग गर्न इच्छुक सबैलाई आर्थिक रूपमा योगदान गर्न तथा अभियानलाई सेयर गरेर थप सहयोग जुटाउन आग्रह गरिएको छ।
सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्