अस्ट्रेलियामा स्कुल जोनमा ट्राफिक नियम उल्लंघन गरे कडा जरिवाना र डिमेरिट पोइन्ट!

अस्ट्रेलियामा स्कुल जोनमा ट्राफिक नियम उल्लंघन गरे कडा जरिवाना र डिमेरिट पोइन्ट!
नेपालआईज
१६ चैत २०८१ २२:२४

सिड्नी, न्यू साउथ वेल्स (NSW) प्रहरीले स्कुल जोनहरूमा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई सचेत गराउँदै जरिवाना तथा डिमेरिट पोइन्टको विवरणसहित चेतावनी जारी गरेको छ। बालबालिका साना, सहजै देखिदैनन्, अप्रत्याशित व्यवहार गर्छन् र अत्यन्तै संवेदनशील हुन्छन्, त्यसैले विद्यालय वरिपरिको क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

प्रहरीले प्रकाशित गरेको सूचनामा विभिन्न उल्लंघनका लागि निम्न जरिवाना र डिमेरिट पोइन्टको व्यवस्था गरिएको छ:
• नो पार्किङ (No Parking): २ मिनेटभित्र गाडीमा रहँदै बच्चा झार्न वा चढाउन पाइने, उल्लंघन गर्दा $277 जरिवाना र २ डिमेरिट पोइन्ट।
• नो स्टपिङ (No Stopping): तोकिएको ‘नो स्टपिङ’ क्षेत्रमा गाडी रोक्दा $410 जरिवाना र २ डिमेरिट पोइन्ट।
• बस जोनमा रोक्ने: सार्वजनिक बस बाहेक अन्य सवारी साधनले बस जोनमा रोक्न नपाइने, उल्लंघन गर्दा $410 जरिवाना।
• मोबाइल फोन प्रयोग: गाडी चलाउँदा हातमा राखेर मोबाइल चलाएमा अधिकतम $544 र ५ डिमेरिट पोइन्ट।
• स्कुल जोन स्पीडिङ: ४० किमी/घण्टा भन्दा बढी गति भएमा अधिकतम $4643 र ७ डिमेरिट पोइन्ट।
• पैदल यात्री क्रसिङमा गाडी रोकिने वा पार्क गर्ने: $544 जरिवाना।
• ड्राइभवे, इन्टरसेक्शन, डबल पार्किङ, फुटपाथमा रोक्ने: यस्ता उल्लंघनमा $410 देखि $544 सम्म जरिवाना र २ डिमेरिट पोइन्ट।

प्रहरीले अभिभावक, चालक र समुदायलाई स्कुल जोनहरूमा अझ बढी सचेत रहन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर