एन्जाको नाममा सार्वजनिक गरिएको प्रेस विज्ञप्ति निजी धारणा भएको प्रवक्ता मिलन दाहालको स्पष्टीकरण

एन्जाको नाममा सार्वजनिक गरिएको प्रेस विज्ञप्ति निजी धारणा भएको प्रवक्ता मिलन दाहालको स्पष्टीकरण
नेपालआईज
१६ चैत २०८१ ०:५७

सिड्नी – अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसन (एन्जा) का प्रवक्ता मिलन दाहालले हालै एन्जाको नाममा सार्वजनिक गरिएको एक प्रेस विज्ञप्ति सम्बन्धमा आफ्नो गम्भीर आपत्ति जनाउँदै स्पष्टीकरण दिएका छन्।

दाहालका अनुसार उक्त प्रेस विज्ञप्ति एन्जाको कार्यकारिणी समितिमा छलफल नभएको र केही सदस्यहरूको व्यक्तिगत धारणा मात्र भएको बताएका छन्। उनले आफूलाई कुनै जानकारी नदिई र सहमति नलिई आफ्नो नामको दुरूपयोग गरिएकोप्रति खेद प्रकट गरेका छन्।

“आगामी दिनमा यसरी मेरो नामको दुरूपयोग नगर्न र मसँग सरसल्लाह तथा अनुमति नलिई मेरो नामको प्रयोग नगर्न सम्बन्धित सबैलाई सचेत गराउँछु,” दाहालले विज्ञप्ति मार्फत भनेका छन्।

उनले व्यक्तिगत धारणा व्यक्त गर्न संस्थाको लेटरहेड प्रयोग नगरी व्यक्तिगत सामाजिक सञ्जाल वा अन्य माध्यमबाट गर्नुपर्ने स्पष्ट पारेका छन्। साथै, संस्थाको आधिकारिक लेटरहेड प्रयोग गर्नुअघि कार्यसमितिमा छलफल भई बहुमत सदस्यको सहमति आवश्यक हुने कानुनी प्रक्रिया सम्झाउँदै, यसो नगर्ने कार्य गैरकानुनी हुने दाबी गरेका छन्।

दाहालले आफ्नो विमति विषयवस्तुप्रति नभई संस्था सञ्चालनको प्रक्रिया र पद्धतिप्रति रहेको स्पष्ट पार्दै संस्थागत मर्यादा र कानुनी प्रक्रिया अनुसार अघि बढ्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर