सिड्नीमा पीडित भएपनि भाषाको कारण प्रहरीलाई उजुरी गर्न सक्नुभएको छैन,अब चिन्ता नलिनुहोस्

सिड्नीमा पीडित भएपनि भाषाको कारण प्रहरीलाई उजुरी गर्न सक्नुभएको छैन,अब चिन्ता नलिनुहोस्
नेपालआईज
१९ चैत २०८१ १:४६


सिड्नी, – एनएसडब्ल्यू प्रहरी बलले बहुभाषिक समुदायसँगको संवाद सहज बनाउन ‘Language+’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ।


२०२१ को जनगणनाका अनुसार, न्यू साउथ वेल्स राज्यमा झण्डै ३० प्रतिशत मानिस विदेशमा जन्मेका छन् भने पाँचमध्ये एकजना अंग्रेजी बाहेकको भाषा घरमै बोल्ने गरेको तथ्यांक छ। यही विविधतालाई ध्यानमा राख्दै, ‘Language+’ एपले प्रहरीले समुदायका सदस्यहरूसँग अझ प्रभावकारी ढंगले संवाद गर्न सक्ने बनाएको हो।
यो एपमार्फत २९ भाषामा २०० भन्दा बढी साधारण वाक्यांशहरू अनुवाद गरिएको छ, जसले समुदायमा अंग्रेजी नबोल्ने व्यक्तिहरूसँग कुराकानी सजिलो बनाउँछ।


एपमा प्रमाणित अनुवादकहरूको समर्पित टिमसमेत रहेको छ, जसले आवश्यक जानकारी छिटो र सही ढंगले सम्प्रेषण गर्न सहयोग पुर्‍याउँछ।एनएसडब्ल्यू सरकारले सहयोगमा ल्याएको यो प्रविधिबाट प्रहरी स्रोत व्यवस्थापन पनि प्रभावकारी हुने, र घटनामा छिटो प्रतिक्रिया जनाउन सहज हुने अपेक्षा गरिएको छ।


एनएसडब्ल्यू प्रहरीका सह-आयुक्त ब्रेट म्याकफाडेनले भने, “यो एपले आपतकालीन अवस्थामा गलत बुझाइ र झन्झट कम गर्न सहयोग गर्नेछ।” Multicultural NSW को सहकार्यमा विकास गरिएको यो एप प्रहरी अधिकारीहरूले २४/७ सेवा रूपमा प्रयोग गर्न सक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर