एन्थनी अल्बानीज र विपक्षी नेता पिटर डटनबीचको पहिलो बहसमा को लोकप्रिय देखिए?

एन्थनी अल्बानीज र विपक्षी नेता पिटर डटनबीचको पहिलो बहसमा को लोकप्रिय देखिए?
नेपालआईज
२५ चैत २०८१ ११:३५


सिड्नी –अस्ट्रेलियाको संघीय निर्वाचन २०२५ का सन्दर्भमा प्रधानमन्त्री एन्थनी अल्बानीज र विपक्षी नेता पिटर डटनबीच पहिलो टेलिभिजन बहस सम्पन्न भएको छ। पश्चिमी सिड्नीमा आयोजित ‘पीपल्स फोरम’ मा भएको यस बहसमा १०० जना undecided (अहिलेसम्म कुनै पार्टी रोजिनसकेका छैनन्) मतदाताहरूले नेताहरूलाई प्रत्यक्ष रूपमा प्रश्न सोध्ने मौका पाए।

करिब एक घण्टा लामो बहसमा आप्रवासन, इन्धन कर कटौती, शिक्षा, ऊर्जा र अर्थतन्त्रलगायतका मुख्य विषयहरूमा छलफल भयो। प्रधानमन्त्री अल्बानीजले मुद्रास्फीति घटाउने, रोजगारी सिर्जना गर्ने र आवास योजनाहरू सुधार गर्ने जस्ता आफ्नो सरकारका उपलब्धिहरूमा जोड दिए। विपक्षी नेता डटनले भने सरकारको आर्थिक व्यवस्थापनमाथि प्रश्न उठाउँदै, कोएलिशनको इन्धन कर कटौती नीति र आणविक ऊर्जा प्रयोगसम्बन्धी योजना सार्वजनिक गरे।

बहसपछि गरिएको अनौपचारिक सर्वेक्षणमा सहभागी १०० undecided मतदातामध्ये ४४ जनाले अल्बानीजलाई समर्थन जनाए भने ३५ जनाले डटनको पक्षमा मतदान गरे। बाँकी २१ जना मतदाता अझै undecided रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर