अष्ट्रेलियाको ग्रीन पार्टीको प्रस्ताव : सबै सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खाजा

नेपालआईज
५ वैशाख २०८२ २२:५२
सिड्नी – अस्ट्रेलियाको ग्रीन पार्टीले देशभरका सबै सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क स्कुल लञ्च (मध्याह्न भोजन) उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ।
यस प्रस्ताव अनुसार, आर्थिक अवस्था जे भए पनि हरेक बालबालिकाले स्कुलमा पोषणयुक्त खाना पाउने सुनिश्चितता हुनेछ। ग्रीन पार्टीका नेताहरूको भनाइमा, यो कार्यक्रमले बालबालिकाको स्वास्थ्य, पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता, र सामाजिक समानतालाई बल पुग्नेछ।
यो पहलले अभिभावकहरूको आर्थिक भार कम गर्नुका साथै विद्यालयमा विद्यार्थीको सहभागिता र उपस्थिति दरमा पनि सकारात्मक प्रभाव पार्ने पार्टीले जनाएको छ।।