सिड्नीमा सार्वजनिक यातायात भाडा बढ्दै, जुलाई १४ देखि नयाँ दर लागू

सिड्नीमा सार्वजनिक यातायात भाडा बढ्दै, जुलाई १४ देखि नयाँ दर लागू
नेपालआईज
१५ असार २०८२ २२:५५

अष्ट्रेलिया | सिड्नीमा सार्वजनिक यातायात प्रयोगकर्ताहरूलाई आगामी जुलाई १४ देखि यात्रा गर्दा थप खर्च व्यहोर्नुपर्ने भएको छ।

ओपल (Opal) कार्ड प्रणाली अन्तर्गत सार्वजनिक यातायातको भाडा मूल्यवृद्धि (inflation) अनुसार समायोजन गर्दै सरकारले औसत २.५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो। नयाँ दर अनुसार वयस्क यात्रुहरूको दैनिक यात्रा सीमा सोमबारदेखि बिहीबारसम्म १९ डलर ३० सेन्ट र शुक्रबारदेखि आइतबार तथा सार्वजनिक बिदामा ९ डलर ६५ सेन्ट तोकिएको छ, जुन क्रमशः ६० सेन्ट र ३० सेन्टको वृद्धि हो।

यस्तै, बालबालिका र कन्सेसन कार्डधारी यात्रुहरूका लागि कार्यदिवसमा दैनिक सीमा ९ डलर ६५ सेन्ट र सप्ताहन्त तथा सार्वजनिक बिदामा ४ डलर ८० सेन्ट तोकिएको छ, जसमा ३० र १५ सेन्टको वृद्धि भएको हो। सरकारले यो समायोजनलाई मुद्रास्फीति अनुरूपको नियमित प्रक्रिया भने पनि यात्रुहरूले दैनिक खर्चमा थप आर्थिक भारको महसुस गर्नुपर्ने देखिएको छ। विशेष गरी विद्यार्थी, वृद्धवृद्धा तथा निम्न आय भएका कामदार वर्गमा यसको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर