निर्वाचनको दिन  हटलाइन सेवा

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा अनलाइनमार्फत यसरी मतदान गर्न सकिन्छ…

नेपालआईज
९ साउन २०८२ २१:३१

सिड्नी/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया राष्ट्रिय निर्वाचन आयोग २०२५ ले आगामी निर्वाचनको मिति र समय सार्वजनिक गरेको छ। आयोगका अनुसार एनआरएनए अष्ट्रेलियाको निर्वाचन निम्न मिति र समयमा सम्पन्न हुनेछ: शनिबार, २६ जुलाईमा  बिहान ७:०० बजेदेखि साँझ ६:०० बजेसम्म अनलाइन मतदान गर्ने सक्ने जनाएको छ । 

यो निर्वाचन सबै योग्य एनआरएनए सदस्यहरूका लागि आफ्नो प्रजातान्त्रिक अधिकार प्रयोग गर्ने र अष्ट्रेलियामा नेपाली समुदाय तथा गैर आवासीय नेपाली संघको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने  निर्वाचन आयोजका प्रमुख आयुक्त डिल्ली ढकालले बताए । 

प्रत्येक योग्य मतदाताले  एसएमएस र इमेल मार्फत एक भोटिङ लिंक प्राप्त गर्नेछन्।

  • आफ्नो भोटिङ लिंक कसैसँग पनि सेयर वा फरवार्ड नगर्नुहोला, यो तपाइँका लागि मात्र हो र अरू कसैले प्रयोग गर्न सक्दैन।
  • प्रत्येक सदस्यलाई एक पटक मात्र मतदान गर्न अनुमति दिइनेछ।

मतदान कसरी गर्ने 

 

मतदानको तयारीका लागि, आयोगले अनलाइन मतदान कसरी गर्ने भन्ने बारे चरण-बद्ध निर्देशन सहितको एउटा भिडियो तयार पारेको छ। यो भिडियो निर्वाचनको अघिल्लो दिन सबै योग्य मतदाताहरूलाई पठाइनेछ ताकि उनीहरू आत्मविश्वासका साथ मतदान गर्न तयार होउन्।

निर्वाचनको दिन  हटलाइन

 

अनलाइन मतदान गर्दा कुनै कठिनाई महसुस भएमा, तत्काल सहयोगका लागि निम्न हटलाइन नम्बरमा सम्पर्क गर्न सकिनेछ:

हटलाइन नम्बर: १३०० ८०२ ७४९

उपलब्ध: शनिबार, २६ जुलाई २०२५

समय: बिहान ७:०० बजेदेखि साँझ ६:०० बजेसम्म (अष्ट्रेलियन स्थानीय समय)

निर्वाचन भोली शनिबार हुँदैछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर