सिड्नी / न्यु साउथ वेल्सको प्रेस्टन्सको पाउडरिल रोडमा बिहान करिब ५:५० बजे २० वर्षका एक युवा फोर्कलिफ्टले च्यापिएका थिए। प्यारामेडिक्सको सहयोगका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ अहिले सम्म उनको औपचारिक परिचय भने खुलेको छैन ।
“घटनास्थलमा अपराध अनुसन्धान सुरु गरिएको छ र घटनाको परिस्थितिको बारेमा अनुसन्धान थालिएको छ,” एनएसडब्ल्यू प्रहरीले जानकारी दिएको छ ।
पहिलोपटक प्रकाशित समाचार यहाँ हेर्नुहोस ।