अस्ट्रेलिया / सिड्नी आध्यात्मिक महोत्सवको दोस्रो दिन, ३० अगस्त शनिबारका दिन पनि बिहान देखिनै बिबिध कार्यक्रमहरु आयोजना गरियो। पण्डित राजन शर्मा द्वारा संचालित बिहानी योग सत्रबाट सुरु भएको आजको दिन सिड्नीको सेरोफेरोमा स्थापित थुप्रै सामुदायिक संघ-संस्था हरुको प्रस्तुती सहित अपार जनसहभागिताका साथ सम्पन्न भएको छ। आजको दिन नियमित वाचन प्रविण पण्डित दीन बन्धु पोख्रेल द्वारा भागवत वाचन, दाताहरुबाट नेपाली बहुसांस्कृतिक निर्माणका लागि दान ग्रहण तथा आजीवन सदस्यता बितरण तथा सन्ध्या आरति गरि समापन गरिएको छ।
आज, नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि दाताहरूले अष्ट्रेलियन डलर ४ लाखभन्दा बढी दान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज दोस्रो दिन सहयोग रकम प्रदान गर्नुहुनेहरुमा न्यु साउथ वेल्सका अवैतनिक नेपाली बाणिज्य दुत सन्जिव शर्मा र शर्मिला लुइँटेल तथा एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसका निर्देशक बद्रि अर्याल र सम्झना अर्यालबाट – २ लाख १ हजार डलर प्राप्त भएको छ। नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा यो सबैभन्दा ठुलो दान रकम हो।
यसै गरि राज खनाल र लक्ष्मी खनालबाट- १ लाख ५०१ डलर, मेघराज पौडेल र किशोरी पौडेलबाट २५ हजार १ डलर, शिव बन्जारा र पवित्रा बन्जारा अर्यालबाट बाट ११ हजार १११ डलर, टुंगानाथ खरेल र चन्द्रकला खरेलबाट १० हजार १०१ डलर, सुमित्रा विष्ट र रामजी विष्टबाट १० हजार एक डलर, सन्तोष फुयाल र इन्दिरा फुयाल बास्तोलाबाट१० हजार ५५१ डलर दान प्राप्त भएको छ।
यसै गरि आज दोश्रो दिन दान दिनुहुनेहरुमा एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल र अनिता पाठकबाट १० हजार डलर, रत्नबहादुर थापा र अञ्जु थाापाबाट १० हजार डलर, सूर्यप्रसाद गौतम र सुष्मा खनालबाट १० हजार १११ डलर प्राप्त भएको छ। आध्यात्मिक महोत्सवको पहिलो दिन नै एनआरएन अष्ट्रेलियाका तर्फबाट १५ हजार अष्ट्रेलियन डलर दान घोषणा गरिसक्नु भएको छ।
आजै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र गोरखा समाज अष्ट्रेलियाको संस्थागत सदस्यता लिएका छन्। यसैगरी कार्यक्रम स्थलमा राखिएको दान पेटिकामा नगद २ हजार ९७० अष्ट्रेलियन डलर सहयोग प्राप्त भएको छ।
नेपाली बहुसंकृतिक केन्द्र अभियानमा आजीवन सदस्यता लिनेहरुको रफ्तार आज बढेको छ। आज एकै दिन १११ जनाले संस्थाको आजीवन सदस्यता लिनुभएको छ। यो संख्या पनि अहिले सम्मको दैनिक सदस्यता संख्या सबै भन्दा उच्च हो।
महोत्सवको पहिलो दिन शुक्रबार पनि सहभागीहरुले चार लाख भन्दा बढी रकम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
महोत्सव भोलि आइतवारसम्म चल्ने छ। महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्ने छ। यो अभियान केवल आजको लागि होइन,यो हाम्रो भविष्यका पुस्ताहरूको लागि हो। त्यसैले सिड्नीमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षण र सम्बर्धनका लागि मिनी नेपाल निर्माणको यो सपना सकार पार्न हामि सबै जुट्न र कोहि पनि नछुट्न GSNMC ले सबैलाई अनुरोध गरेको छ।