सिड्नी / अष्ट्रेलियामा घरेलु हिंसाका घटनाहरू बढ्दै जाँदा सन् २०२५ मा मात्रै ५८ महिलाले ज्यान गुमाएका छन्। पछिल्लो घटना न्यू साउथ वेल्सको हन्टर भ्यालीमा भएको हो, जहाँ एक ३० वर्षीया महिला आफ्नै घरमा मृत फेला परेकी थिइन्।
प्रहरीका अनुसार उक्त घटना घरेलु हिंसासँग सम्बन्धित रहेको बताइएको छ। घटनापछि संलग्न शंकास्पद व्यक्ति फरार छन् र उनको खोजी जारी छ।
देशभर बढ्दो महिला हिंसाका घटनाले चिन्ताजनक अवस्था सिर्जना गरेको छ। अधिकारकर्मीहरूले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै आएका छन्।