अष्ट्रेलिया / सिड्नीको दक्षिणी क्षेत्रबाट एक नेपाली युवक बेपत्ता भएपछि उनको खोजीका लागि प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ।
२७ वर्षीय नवराज उप्रेती परिवारसँग अन्तिमपटक मे २०२५ मा सम्पर्कमा आएका थिए।
११ सेप्टेम्बर २०२५, बिहीबारका दिन परिवारले उनी बेपत्ता भएको जानकारी स्ट जर्ज पुलिस एरिया कमाण्डलाई गराएको थियो। त्यसयता प्रहरीले उनकी खोजी तथा बेपत्ताको कारणबारे अनुसन्धान सुरु गरेको छ।
परिवार र प्रहरीले उनको सुरक्षा र स्वास्थ्यबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले नवराज २९ सेप्टेम्बर २०२५, सोमबार बिहान ७ बजेपछि मेनेईस्थित एलिसन स्ट्रीटको शपिङ सेन्टरमा देखिएको हुनसक्ने जानकारी पाएको छ।
त्यसबेला उनले सेतो टप र कालो प्यान्ट लगाएका थिए भन्ने विश्वास गरिएको छ।
उनी प्रायः हर्स्टभिल, मेनेई र पेन्सहर्स्ट क्षेत्रतिर आवतजावत गर्ने गरेको प्रहरीले जनाएको छ।
सूचना दिन आग्रह
बेपत्ता व्यक्तिसम्बन्धी कुनै पनि जानकारी भएमा
क्राइम स्टपर्स: 1800 333 000
वा nsw.crimestoppers.com.au
मार्फत सम्पर्क गर्न प्रहरीको आग्रह छ।