चाडपर्व भनेर खाद्य सन्तुलन बिगार्नु नै रोग निम्त्याउनु हो

चाडपर्व भनेर खाद्य सन्तुलन बिगार्नु नै रोग निम्त्याउनु हो
नेपालआईज
२२ असोज २०७८ ७:०८

चाडपर्व भन्नेबित्तिकै नेपालीहरू विशेष परिकारहरूमा जोड दिन्छन् । दशैंमा पनि  बढी माछामासु, मिठाइमा जोड दिइन्छ । यससँगै पेय पदार्थमा पनि जोड दिने चलन बढ्दै गएको छ ।

पहिलाजस्तो मासु खानलाई चाडबाड नै आउनुपर्ने अवस्था अहिले छैन । तर अझै पनि चाडपर्वमा नियमित मासुका परिकार र तेलमा तारेका, झानेका खानेकुरा खाइन्छ । घरमा मात्र नभई आफन्तकहाँ जाँदा पनि यस्तै परिकारमा जोड गरिन्छ । यसले गर्दा एकदेखि दुई सातासम्मै खानेकुराको सन्तुलन नमिल्दा स्वास्थ्य समस्या देखिन थाल्छ ।

सन्तुलन नमिलाई चाडपर्वमा खाना खानुको कारण व्यक्तिले आफ्नो ‘हेल्थ स्टाटस’ थाहा नपाएर हो । जस्तो माछामासु वा विशेष परिकार खाइरहँदा ब्लड प्रेसर के छ,  सुगर कति छ हामीलाई थाहा हुँदैन । हामी आफ्नो शारीरिक अवस्था थाहा नपाइकन आफूखुसी जे मन पर्छ त्यही खाइरहेका हुन्छौं ।

आफुखुसी खाँदा पत्तै नपाई नसर्ने रोग निम्त्याइरहेका हुन्छौं । तौल बढ्नु पनि रोग निम्त्याउनु नै हो । तौल बढ्दा शरीरको बोसो पनि बढ्दै जान्छ । यसपछि रगतको बाक्लोपन वा पातलोेपन पनि बढ्ने–घट्ने हुन्छ । सँगै शरीरमा सोडियम, फ्याटजस्ता तत्त्व शरीरमा बढ्दै जान्छ ।

चाडपर्वमा हामी नियमित पानी पिउन बिर्सिन्छौं । कसरत नगर्नाले प्यास पनि लाग्दैन । अर्को महत्तवपूर्ण कुरा पेय पदार्थ हो । मेरो अनुभवले के भन्छ, जो सोसियल ड्रिंकर (विशेष उत्सव वा अवसरमा मात्र पिउने) हो उसलाई खासै असर गर्दैन । किनभने यस्ता कार्यक्रम एकाध महिनामात्र पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर