Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
वोलोङगोङ इलावारा नेपाली कम्युनिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा नारायण प्रसाद चापागाई
नेपालआईज
२९ पुष २०८१ १:१४
सिड्नी । न्युसाउथ वेल्स स्थिति Wollongong Illawarra Nepali community को साधारण सभाले नारायण प्रसाद चापागाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा कार्भिका बजगाई खड्का , सचिव आशिष पौडेल, सहसचिव सरस्वती खड्का , कोषाध्यक्ष हरि पौडेल र जनसम्पर्क अधिकृत सुजन खतिवडा रहेका छन् ।
त्यसै गरी सदस्यहरूमा सक्रिया कोइराला , सुजन कार्की, अलका गिरी, सुनिल कटुवाल, रुविना राना मगर , ऋचा शर्मा, मौसम पोखरेल, शैलेन्द्र रिजाल, सुदर्शन घिमिरे र भरत पन्त रहेका छन् । एक जना सदस्य भने कार्यसमितिले पछि मनोनित गर्ने अध्यक्ष चापागाईले जानकारी दिए ।
अध्यक्ष चापागाईले नेपाली भाषा पाठशाला , कम्युनिटी रेडियो सञ्चालन आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहने बताए । संस्थाको साधारण सभाले सभा ले सर्वसम्मत रुपले विधान संसोधन गरी सरकारी संघ संस्था तथा अन्य कम्युनिटी हरुसग सहकार्य गर्न सहजीकरण गर्न सहज बनाएको छ । संस्थाले स्थानीय सरकार तथा मल्टिकल्चरल कम्युनिटीसंग सहकार्य गर्दै आएको छ ।
हाल वोलोङगन इलवारा क्षेत्रमा मात्र करिव ८ हजारको संख्यामा नेपालीहरुको बसोबास रहदै आएको छ ।