दक्षिण अष्ट्रेलियामा ‘सेपरेशन’ र ‘डिभोर्स’ को कानुनी अन्तर कस्तो छ?

दक्षिण अष्ट्रेलियामा ‘सेपरेशन’ र ‘डिभोर्स’ को कानुनी अन्तर कस्तो छ?
नेपालआईज
२ जेठ २०८२ ०:१९

एडिलेड-दक्षिण अष्ट्रेलियामा वैवाहिक सम्बन्ध टुट्दा ‘सेपरेशन’ र ‘डिभोर्स’ दुई फरक कानुनी अवस्थाहरू हुन्, जसले व्यक्ति र परिवारको भविष्यमा ठूलो प्रभाव पार्न सक्छ। तर धेरैलाई यी दुईबीचको फरक अझै स्पष्ट छैन।

सेपरेशन (विछोड) भनेको सम्बन्धको अन्त्य भए पनि कानुनी रूपमा विवाह बाँकी रहन्छ। यसमा अदालतको प्रक्रिया आवश्यक पर्दैन। जोडी एउटै घरमा बसेर पनि छुट्टिएको घोषणा गर्न सक्छन्। कुनै न्यूनतम समयावधिको आवश्यकता पनि हुँदैन। तर यो अवस्थाले सम्पत्ति बाँडफाँड र बालबालिकाको अभिभावकत्व सम्बन्धी दाबीहरू दर्ता गर्नका लागि समय सीमा शुरु गराइदिन्छ।

तर डिभोर्स (सम्बन्धविच्छेद) भनेको विवाहको कानुनी अन्त्य हो। यसका लागि औपचारिक रूपमा अदालतमा निवेदन दिनु पर्छ। डिभोर्स लिनु अघि सम्बन्धविच्छेदको अवस्था कम्तीमा १२ महिनासम्म कायम भएको देखाउनु पर्छ। एक पटक डिभोर्स प्राप्त भएपछि मात्र व्यक्ति पुनः विवाह गर्न पाउने कानुनी अधिकार प्राप्त गर्छन्।

डिभोर्सले सम्पत्ति वा अभिभावकत्वको विषयलाई स्वतः समाधान गर्दैन। यी विषयमा छुट्टै कानुनी प्रक्रिया आवश्यक पर्छ।

 कानुनका जानकारहरु भन्छन् ; विवाह अन्त्यका यी दुई विधिबीचको अन्तर बुझ्नाले जोडीहरूले आफ्नो अधिकार र कर्तव्य सजिलै बुझ्न सक्नेछन्। अष्ट्रेलियामा बस्ने नेपाली समुदायले पनि आफ्नो वैवाहिक स्थिति स्पष्ट राख्न यस्ता कानुनी जानकारी लिइराख्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको