एएनएमसीले तीज धार्मिक रूपमा मनाउने, मनोरञ्जनात्मक कार्यक्रम नगर्ने

एएनएमसीले  तीज  धार्मिक रूपमा मनाउने, मनोरञ्जनात्मक कार्यक्रम नगर्ने
नेपालआईज
२५ भदौ २०८३ ७:३२

 

मेलबर्न /  नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारप्रति अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) ले समवेदना र ऐक्यबद्धता व्यक्त गरेको छ।

एएनएमसी कार्यसमितिको बैठकले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको हो। संस्थाले प्रभावित व्यक्ति तथा परिवारलाई भावनात्मक, धार्मिक र सामुदायिक सहयोग निरन्तर उपलब्ध गराउने जनाएको छ।

प्रभावित समुदायका लागि एएनएमसी मन्दिर खुला रहनेछ। मन्दिरमा पुगेर पूजा, प्रार्थना तथा केही समय शान्त वातावरणमा बिताउन सकिने संस्थाले जनाएको छ।

एएनएमसीले आगामी हरितालिका तीज धार्मिक रूपमा मनाउने निर्णय गरेको छ। तीजका दिन मन्दिर पूजा तथा प्रार्थनाका लागि दिनभर खुला रहनेछ।

हरितालिका तीजका दिन पनि मन्दिर खुला राखी धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिइनेछ।

तर नेपालमा उत्पन्न शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै यस वर्ष नाचगान, मनोरञ्जनात्मक सङ्गीत, मञ्च प्रस्तुति तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगरिने एएनएमसीले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *