दुई वर्षपछि अस्ट्रेलियाको बोर्डर खुल्यो; यी भिसा भएकाहरू आउन पाउँछन्

दुई वर्षपछि  अस्ट्रेलियाको बोर्डर खुल्यो; यी भिसा भएकाहरू आउन पाउँछन्
नेपालआईज
६ मंसिर २०७८ ११:५५

क्यानबेरा ।

 अस्ट्रेलियाको भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी  र दक्ष कामदारहरुले महामारीका कारण सीमा बन्द भएको झण्डै दुई वर्षपछि अस्ट्रेलियाको आउन  पाउने भएका छन् । 

कोभिड भ्याक्सिको दुबै डोज लगाएका र अस्ट्रेलियाको भिसा भएकाहरुलाई आप्नो देशमा  आउने दिने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए । 

प्रधानमन्त्री स्कट मरिसनले पूर्ण खोप लगाएका भिसाधारीहरु डिसेम्बर १ तारिखदेखि  अस्ट्रेलिया यात्रा छुटका लागि आवेदन दिनुनपर्ने नपर्ने बताए ।

सोही मितिदेखि जापान र दक्षिण कोरियाका सबै नागरिकहरुलाई पनि अस्ट्रेलियाआउन अनुमति दिइनेछ, जुन नोभेम्बरमा सिंगापुरसंग सुरु भएको व्यवस्था सरह नै रहेको छ ।

मरिसनका अनुसार कोभिड–१९ लकडाउनपछि राष्ट्रिय योजनामा अघि बढ्ने अर्को महत्वपूर्ण पाइला हो ।

“अस्ट्रेलियामा दक्ष कामदार र विद्यार्थीहरुको फिर्ती हाम्रोलागि एउटा प्रमुख कोशेढुंगा हो, यो अस्ट्रेलियनहरुले हासिल गर्न र हामीलाई गर्न सक्षम बनाएको बारेमा एक मुख्य कोशेढुंगा हो,” मरिसनले भने

मरिसनका अनुसार यो अर्थतन्त्रको लागि ठूलो कुरा हो र देशले ती कामदार र विद्यार्थीहरुलाई फिर्ता भएको हेर्न चाहेको बताए । यस प्रावधानअन्तर्गत करिब २ लाख ३३ हजार भिसाधारीहरु अस्ट्रेलिया आउने अनुमति प्राप्त गर्नेछन् ।भिसाका प्रकारहरुमा मानवी, विद्यार्थी, आर्थिक तथा अस्थायी र अस्थायी पारिवारिक  र  शरणार्थी  भिसाहरु समावेश हुनेछन् ।अहिले मिति तय नभएपनि केही समय पछिका लागि करिब पाँच लाख पर्यटन भिसा प्रदान गरिनेछ ।

नोभेम्बर १ तारिखदेखि अस्ट्रेलियाको अन्तर्राष्ट्रिय यात्रा सुरु भएदेखि नागरिक, स्थायी बासिन्दा र उनीहरुका परिवारले मात्र क्वारेन्टाइनबिना यात्रा गर्न समक्ष भएका थिए ।अस्ट्रेलियाको खोपको दर ठूलो भएको कारण यो निर्णय गरिएको मरिसनले बताए ।१६ वर्षभन्दा माथिका ८५ प्रतिशत जनताले पूर्ण खोपको मात्रा लिएको तथा ९१ दशमलब ५ प्रतिशतले पहिलो मात्रा लगाएको बताइएको छ ।

गृह मामिला मन्त्री करेन एन्ड्रयूजले अस्ट्रेलिया विश्वका लागि पुन खुल्दै गरेको बताए ।

कोभिड संक्रमण घट्दो 

यसैबीच नदर्न टेरिटरीमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेको बताइएको छ । त्यसैगरी भिक्टोरियाले १ हजार २९ जना नयाँ विरामी फेला परेको तथा तीन जनाको मृत्यु भएको जनाएको छ । सोमबार न्यूसाउथ वेल्समा १ सय ८० नया संक्रमित तथा एक जनाको मृत्यु भएको थियो । एसिटीमा ११ संक्रमित देखा परेका छन् भने भिक्टोरियामा एउटा नया संक्रमित फेला परेका छन् ।

कुन भिसा भएकाहरुले अस्ट्रेलिया आउन पाउछन् यहाँ हेर्नुहोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर