विल स्मीथले क्रिस रकसँग माफी मागे

विल स्मीथले  क्रिस रकसँग माफी मागे
नेपालआईज
१५ चैत २०७८ २२:२५

एजेन्सी । अस्कर विजेता अभिनेता विल स्मीथले अभिनेता क्रिस रकसँग माफी मागेका छन्। नेपाली समय अनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अस्कर समारोहका क्रममा विलले क्रिसलाई झापड हानेका थिए ।

त्यसका लागि विलले माफी मागेका हुन् । विलकी श्रीमतीलाई जोडेर क्रिसले व्यंग्य गरेका थिए । त्यसपछि विल स्टेजमा गएर क्रिसलाई झापड हानेका थिए । त्यसपछि विलले किङ रिचार्डका लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

मन्तव्यका क्रममा विलले एकेडेमी र अरु मनोनयनमा परेकाहरुसँग माफी मागेका थिए । तर क्रिससँग भने माफी मागेका थिएनन् ।

उनले सोमबार अबेर वक्तव्य जारी गरेर आफूले गरेको व्यवहार ‘अस्वीकार्य र माफी अयोग्य’ रहेको उल्लेख गरेका छन् ।

वक्तव्यमा उनले भनेका छन्, ‘म उसँग सार्वजनिक रुपमा माफी माग्न चाहन्छु, क्रिस, मैले सीमा नाघेको थिएँ र म गलत थिएँ ।’

अस्कर फिल्म एकेडेमीले झापडलाई लिएर विलको आलोचना गरेपछि उनको माफी आएको हो । एकेडेमीले घटनाका सम्बन्धमा आधिकारिक रुपमा मूल्यांकन गर्ने जनाएको छ ।

विलले इन्स्टाग्राममा पोस्ट गरेको वक्तव्यमा लेखिएको छ, ‘सबै प्रकारको हिंसा विषादी हो र खराब हुन्छ । एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र माफी योग्य थिएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर