फ्रान्सेली गायिका रिजाइनको मृत्यु

फ्रान्सेली गायिका रिजाइनको मृत्यु
नेपालआईज
१९ वैशाख २०७९ १२:५४

फ्रान्सेली गायिका, कलाकार रिजाइनको ९२ वर्षको उमेरमा मृत्यु भएको छ । रिजाइनको मृत्युबारे उनकी नातिनीले पुष्टि गरेकी हुन्। उनको आइतबार बिहान स्थानीय समय अनुसार ११ बजे मृत्यु भएको हो।

‘रातकी रानीले हामीलाई छोडेर गइन् ।’ रिजाइनको परिवारसँग नजिक रहेकी साथीले भनिन् । रिजाइनले डिक्सो संगीतको आविष्कार स्व–घोषणा गर्दै आएकी थिइन्। उनले सन् १९५० मा पेसिरमा ‘नाइटक्लब’ खोलेकी थिइन् ।

उनको पूरा नाम रिजाइन ज्यालबेरबर्ग हो। रिजाइनकी साथीकी अनुसार उनले रातभर मानिसलाई नाँचिरहने बनाउँथिन् । रिजाइनले रोबर्ट एण्ड रोबर्ट लगायत धेरै चलचित्रमा काम गरेकी छन् ।

उनको जन्म सन् ९२९ मा बेल्जियममा भएको थियो । उनको परिवार पोल्याण्डको यहुदी थिए। उनीहरु नाजीसँग भाग्दै फ्रान्स पुगेका थिए। उनले बेलायती राज परिवारको अगाडि पनि प्रस्तुति दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर