बनभोजमा एडिलेडका ६ जना सांसदको चुनावी प्रचार

बनभोजमा  एडिलेडका ६ जना सांसदको चुनावी प्रचार
नेपालआईज
२६ वैशाख २०७९ ३:४९


एडिलेड । अस्ट्रेलियामा रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरु, अस्ट्रेलियामा हुन गइरहेको संघीय निर्वाचनका लागि प्रचार प्रसार गर्ने थलो बन्न थालेको छ ।
अस्ट्रेलियामा यही मे महिनाको २१ तारिखमा संघीय निर्वाचन हुँदैछ र त्यसका लागि उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । उम्मेदरवारहरुले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रम जस्तै बनभोज जस्ता कार्यक्रममा सहभागी हुने गरेका छन् र उनीहरुको उदेश्य भनेको प्रचार प्रसार गर्नु नै रहेको छ । साउथ अस्ट्रेलियामा हिमालयन मल्टिकल्चरल सोसाइटीले गरेको बनभोजन कार्यक्रमा लेवरका ६ जना सांसदहरु सहभागी भएको दिपक लामा घिसिङ्ले जानकारी दिए । उनीहरुले नेपाली बनभोज कार्यक्रममा आप्ननो चुनावी प्रचार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको