मस्तिष्क एन्युरिज्मको जोखिम बारे विश्वभर चर्चा पाएको अस्ट्रेलियाका नेपाली डाक्टरको अनुशन्धान के हो ?

छत्र शंकर –
विश्वका मानिसहरु मस्तिष्कघात जस्तो रोगबाट भयभित भइरहेका बेला अस्ट्रेलियामा कार्यरत एक जना नेपाली डाक्टरले मस्तिष्कघात हुनुभन्दा अघि नै मस्तिष्कको स्क्यानिङ्क गरी रोग पत्ता लगाउन सकिने बताएका छन् ।
युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाका न्यूरो एनाटोमिस्ट डाक्टर अर्जुन बुर्लाकोटीले गरेको अनुसन्धानले मस्तिष्कघात हुनुभन्दा अघिनै मानिसहरुलाई जानकारी दिने र बचाउन सकिने विधि पत्ता लगाएका हुन् ।
डाक्टर बुर्लाकोटीको मस्तिष्क धमनी सम्बन्धी अनुसन्धान ब्रिटिस् मेडिकल जर्नल (BMJ) मा प्रकाशित भएपछि सारा विश्वका देशहरुले चासो देखाएका थिए ।यो नयाँ अध्ययनले पहिलो पटक मस्तिष्क धमनीको आकारको भिन्नता र मस्तिष्कीय एन्युरिज्मबीचको समानताको सम्बन्ध नापेको छ । यसले वैज्ञानिकहरुलाई जोखिममा रहेका व्यक्तिहरुको निगरानी गर्न नयाँ परिक्षण स्क्रीनिङ विधि प्रदान गरेको छ । BMJ जर्नलमा प्रकाशित यी अनुसन्धान र निष्कर्षहरूले विश्वका हरेक राष्ट्रको स्वास्थ्य नीति परिवर्तन गर्न सक्ने सम्भावना छ ।
प्रमुख अनुसन्धानकर्ता तथा युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाका न्यूरो एनाटोमिस्ट डाक्टर अर्जुन बुर्लाकोटीका अनुसार १ सय ४५ जना विरामीमा गरिएको इमाजिङ परिक्षणले मस्तिष्कको धमनी गम्भीर रूपमा असंयमित (asymmetric) भएका मानिसहरुमा एन्युरिज्म विकास हुने ठूलो सम्भावना हुन्छ, अर्थात मस्तिष्कमा धमनी सुन्निने हुन्छ । जसका कारण मस्तिष्कको धमनी फुट्ने तथा सबैभन्दा खतरनाक स्ट्रक (हेमोरेजिक stroke) निम्त्याउँछ ।
मस्तिष्कघातलाई साइलेन्स किलर पनि भनिन्छ । तर वर्षेर्नी लाखौ मानिस मस्तिष्क विच्छेद हुने एन्युरिज्मबाट पीडित हुन्छन् । जसमध्ये लगभग आधा मानिसको मृत्यु यही रोगबाट हुन्छ भने केवल एक तिहाइ मानिस अशक्त नभइ निको पनि भएका छन् ।
मस्तिष्क एन्युरिज्म भनेको के हो ?
‘सबराकोनोइड रक्तश्राव सबैभन्दा खतरनाक प्रकारको स्ट्राक हो जुन मस्तिष्क एन्युरिज्म चुहावट वा फुट्दा हुन्छ जसले मस्तिष्कमा रक्तश्राव गर्ने तथा प्रभावित व्यक्ति मध्ये ५० प्रतिशतको मृत्यु हुन्छ,’ डाक्टर बुर्लाकोटी भन्छन् । ‘सामान्यरुपमा प्रयोग गरिने इमाजिङ प्रविधिहरुमा धेरै साना तथा अव्यवस्थित एन्जुरिज्म पत्ता लाग्दैन । उनीहरु लक्षण देखाउने गरी ठूलो नहुन्जेल तथा फुट्ने अवस्थामा नपुगुन्जेल पत्ता लाग्दैन, अथवा धेरै ढिला भइसकेको हुन्छ ।’
कसरीभयोअनुशन्धान
लक्षणहरु
डा बुर्लाकोटीले भने, ‘हामीले एन्जुरिज्म भएका र नभएका मानिसहरुको तस्विर (CT scan) हेर्यौ र पत्ता लगायौ कि मस्तिष्कको बक्समा प्रवेश गर्ने चार धमनीहरु, धेरै खण्डहरुमा विभाजित भएका र मस्तिष्कमा रगत आपूर्ति गर्ने, एकअर्कामा समानुपातिक थिएनन, जसले गर्दा समयको एक निश्चित अवधिमा रक्तचाप बढ्दै जाने तथा बैलुन झै फुलेका धमनीहरु विस्फोट हुने हुन्छ ।’
डा बुर्लाकोटीले भने,, उदाहरण को लागि, जब अगाडीको मस्तिष्क धमनीको भाग (Anterior Cerebral Artery, वा A1) को दायाँ र वायाँ व्यास को अनुपात १.४ भन्दा बढी फरक हुन्छ, मानिसहरुको त्यस क्षेत्रमा एन्युरिज्म विकास हुने जोखिम ८० प्रतिशत हुन्छ, जुन जटिल एन्युरिज्मको सबैभन्दा खतरनाक स्थान पनि हो । जसको सिमेट्रिकल अनुपात १.४ भन्दा कम हुन्छ उसलाई मात्र ७.८ प्रतिशत बराबरको जोखिम हुन्छ ।
मस्तिष्कीय एन्युरिज्मका कारण प्रत्येक वर्ष विश्वभरी करिब ५ लाख मानिसको मृत्यु हुने गरेको छ । जसको आधा ५० वर्ष मुनीका मानिस हुन्छन् तथा महिलाहरु यसको बढी जोखिममा हुन्छन् ।
लक्षणहरु
फुटेको एन्युरिज्म (burst aneurysm) को लक्षणमा अचानक, गम्भिर टाउको दुखाई, प्राय दोहोरो दृष्टि, वाकवाकी र वान्ता, कडा घाँटी, मांसपेशीमा कमजोरी, भ्रम तथा हृदयघात जस्तै लक्षण उत्पन्न हुन्छ।
यदि समयमै पत्ता लाग्यो भने औषधी, आहार र जीवनशैली परिवर्तनको माध्यमबाट रक्तचाप नियन्त्रण गरी एन्युरिज्मलाई निगरानी गर्न र कम गर्न सकिन्छ ।
तिनीहरुलाई सर्जिकल रुपमा काट्न वा हटाउन सकिने भएपनि यसले मस्तिष्क मा क्षति वा स्ट्रकको जोखिम पनि बोक्छ, तर फुट्ने जोखिम धेरै भयो भने यसका लागि सर्जिकल उपचार सिफारिस गरिन्छ ।
हाम्रो खोजको आधारमा, एमआरआई (MRI) र सीटी एन्जियोग्राम (CTA) ले निर्धारण गर्नेछ कि मानिसहरूको मस्तिष्क धमनी असममित (Asymmetric) छ कि छैन र यदि त्यसो हो भने, तिनीहरू नियमित रूपमा सेरेब्रल एन्युरिज्महरूको लागि जाँच गरिनुपर्छ,’ डाक्टर बुर्लाकोटी बताउँछन् ।
को हुन् डाक्टर अर्जुन बुर्लाकोटी
उनले यस अध्ययनका लागि युनिभर्सिटी अफ एडिलेड (Australia), रोयल एडिलेड हस्पीटल (Royal Adelaide Hospital, Australia) र युनिभर्सिटी अफ ज्यूरिक (Switzerland) बाट क्रमशः डाक्टर जालिया कुमारातिलाके, डाक्टर जेमी टेलर र प्रोफेसर माचिज हेन्नेवर्गसंग सहकार्य गरेका थिए ।
धादिङ् नेपालमा जन्मेका डाक्टर अर्जुन बुर्लाकोटी दक्षिण अस्ट्रेलिया विश्वविद्यालय (University of South Australia) मा न्यूरोएनाटोमी र ह्युमन एनाटोमी (Neuroanatomy and Human Anatomy) का लेक्चरर हुन् । उनले अप्रिल 2009 मा दक्षिण अस्ट्रेलिया का विश्वविद्यालयमा काम र अध्यापन सुरु गरेका थिए । उनले काठमाडौं विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा स्नातक गरेका हुन । डाक्टर बुर्लाकोटीले काठमाडौं मोडेल अस्पतालमा प्राध्यापक डा सरोज धिताल संग शल्य चिकित्सा अधिकारीको रुपमा समेत काम गरेका थिए । डाक्टर बुर्लाकोटीले दक्षिण अस्ट्रेलियाको एडीलेड विश्वविद्यालय (University of Adelaide) अन्तर्गतको एडीलेड मेडिकल स्कुल (Adelaide Medical School) बाट चिकित्सा शास्त्रमा पीएचडी-मेड (न्यूरोभास्कुलर एनाटोमी एण्ड प्याथोलोजी) अध्ययन पुरा गरेका हुन्।
डाक्टर बुर्लाकोटीले क्याडाभेरिक (शव) मस्तिष्कमा ‘मस्तिष्क धमनी सञ्जाल’, मोर्फोलोजी, विधिकता, विषमता र एन्यूरिजम (एडीलेडको एनाटोमी ल्याबोरेटरी, दक्षिण अस्ट्रेलिया विश्विद्यालयको एनाटोमी ल्याबोरेटरी, फ्लीन्डर्स मेडिकल सेन्टर) तथा साउद अस्ट्रेलिया ईमाजिङ सेन्टर, रोयाल एडिलेड हस्पीटलबाट रेडियोग्राफिक तस्बीरहरु (सेरेब्रल म्याग्नेटिक रेसोनन्स एन्जीयोग्राफि (MRA) एण्ड कम्प्युटेड टोमोग्राफी एन्जीयोग्राफि (CTA) अनुसन्धान गरेका छन् ।
डाक्टर बुर्लाकोटीले विगत 22 वर्षदेखि विश्वको विभिन्न मेडिकल विश्वविद्यालयहरूमा अध्ययन तथा अध्यापन गरेका छन् । उहाँ काठमाडौं मोडेल अस्पताल आधारभूत विज्ञान , सानडङ पूर्वी चीन (वेफङग मेडिकल युनिभर्सिटी), साउथ अस्टेलियन इन्स्टीच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, एडीलेड मेडिकल स्कुल (एडीलेड विश्वविद्यालय) तथा दक्षिण अस्ट्रेलिया विश्वविद्यालयमा ह्युमन एनाटोमी पढाउनुका साथै काडाभर डिसेक्सन र अनुसन्धान गर्ने कार्यमा संलग्न हुनुहुन्छ ।
उनले सानडङ चीनको वेफाङग मेडिकल युनिभर्सिटी तथा दक्षिण अस्ट्रेलिया युनिभर्सिटी अफ एडिलेडमा न्यूरोएनाटोमी, प्रणालीगत तथा कार्यात्मक शरीर संरचना विच्छेदन प्रशिक्षकको रुपमा काम गर्नुभएको थियो ।
डाक्टर बुर्लाकोटीले सन् २०१८ को एकाडेमीक स्टाफ अफ द ईयर (staff of the year) रेकोग्निसन अवार्ड प्राप्त गरेका थिए भने २०२० को डिसेम्बरमा “टेन इयर स्टाफ सर्भिस अवार्ड” प्राप्त गरेका थिए । साथै बुर्लाकोटी AUSTRALASIAN NEPALESE MEDICAL AND DENTAL ASSOCIATION को साउथ अस्ट्रेलियाको संयोजक पनि हुनुहुन्छ ।
डा. बुर्लाकोटीका हालैका अनुसन्धान र निष्कर्षहरू विश्वभरका १६ भन्दा बढी समाचार आउटलेटहरूद्वारा उल्लेख गरिएको अन्तर्राष्ट्रिय मिडिया हाइलाइट र कभरेज लिङ्कहरू तल फेला पार्नुहोस्।
Scientists find vital link to identify people at risk of aneurysms
