ओएनएफ साउथ अस्ट्रेलियाको अध्यक्षमा युवराज पहाडी मनोनीत

ओएनएफ साउथ अस्ट्रेलियाको  अध्यक्षमा  युवराज पहाडी  मनोनीत
नेपालआईज
१८ भदौ २०७९ ८:३१

एडिलेड ।  प्रवासी नेपाली मञ्च(ओएनएफ) साउथ अस्ट्रेलियाको   अध्यक्षमा युवराज पहाडी   मनोनित भएका छन् भने  सचिवमा  सन्तोष गौतमले जिम्मेवारी पाएका छन् ।   

मञ्चको अगस्ट २७-२८ सिड्नीमा सम्पन्न पाँचौँ राष्ट्रिय अधिवेशनमा तत्कालीन अध्यक्ष हेम खनाल सह सचिवमा निर्वाचित भएसंगै अध्यक्ष पद रिक्त भएको थियो ।  त्यसलगतै  ओएनएफ साथ अस्ट्रेलियाको बैठकले पहाडीलाई अध्यक्ष र गौतमलाई सचिवको  जिम्मेवारी दिएको हो । 

अध्यक्षमा मनोनीत भएपछि पहाडीले साउथ अस्ट्रेलियामा ओएनएफको क्रियाकलापलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्। पहाडीले साउथ अस्ट्रेलियामा रहेका नेपाली समुदाय र  मातृभूमिमा समस्या पर्दा मञ्चले क्षमता भ्याए सम्म सहयोग गर्ने बताए । उनले ओएनएफ साउथ अस्ट्रेलियाले टोपी दिवसमा  विशेष कार्यक्रमका साथ  मनाउने  जानकारी दिए । 

 मञ्चका ओशिनिया अध्यक्ष राजु उपाध्यायको प्रमुख आतिथ्यमा भएको बैठकले दीपावलीको उपल्यक्षमा अक्टोबर २६ मा देउसी भैली खेल्ने र जनवरी १ मा अन्तर्राष्ट्रिय टोपी दिवसको उपल्यक्षमा टोपी दिवस मनाउने निर्णय समेत गरेको नव नियुक्त सचिव गौतमले बताए । त्यसै गरी बैठकले संस्थाको पब्लिक रिलेसन अफिसरमा सचिव गौतमलाई तोक्ने समेत निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको