सन्दर्भ नयाँ वर्ष २०२३ : तास्मानिया र एडिलेडमा राष्ट्रिय टोपी दिवस मनाइयो

सन्दर्भ नयाँ वर्ष २०२३ : तास्मानिया र  एडिलेडमा राष्ट्रिय टोपी दिवस मनाइयो
नेपालआईज
१८ पुष २०७९ १२:२७

तास्मानिया ।  पश्चिमा शैलीमा अस्ट्रेलियाका विभिन्न सहरमा  नयाँ वर्ष २०२३  मनाइरहँदा  नेपाली सोसाइटी अफ तास्मानिया र प्रवासी नेपाली मञ्च साउथ अस्ट्रेलियाले  छुट्टा  छुट्टै  कार्यक्रम गरी  आइतबार  राष्ट्रिय टोपी दिवस मनाए ।   प्रवासी नेपाली मञ्च  साउथ अस्ट्रेलियाले  समुन्द्री किनारमा  राष्ट्रिय टोपी दिवस तथा नयाँ वर्ष २०२३ को उपलक्ष्यमा पदयात्रा कार्यक्रम आयोजना गर्‍यो ।   उक्त कार्यक्रममा  साउथ अस्ट्रेलियामा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली समुदायबाट पहिलो काउन्सिल सदस्यमा निर्वाचित रेनुका लामालाई सम्मान गरिएको थियो । 

साउथ अस्ट्रेलियाका लागिनेपाली  महावाणिज्यदूत  दीपक धमलाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  १ सय ५० भन्दा बढिको सहभागितामा भएको कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्था सहित नेपालबाट आउनु भएका अभिभावकहरूको उपस्थिति  थियो । कार्यक्रमका संयोजक सन्तोष गौतम र  मञ्चका साउथ अस्ट्रेलिया अध्यक्ष युवराज पहाडीले पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायले गरेको प्रगतिको प्रशंसा गरेका थिए । 

यसैबिच नेपाली सोसाइटी अफ तास्मानियाले  नयाँ वर्ष तथा राष्ट्रिय टोपी दिवसको अवसरमा होबार्टमा शुभकामना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा  समुदायका  प्रतिनिधिहरुवीचमा एक अर्कामा टोपी पहिरिएर शुभकामना आदानप्रदान गरिएको थियो । सोसाइटीका अध्यक्ष तोयाराज भट्टराईले  विदेशी भूमिमा  नेपाली  टोपी दिवस मनाउँदा पाउनु नेपालीहरूका लागि गौरव भएको बताए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरूले टोपीको महत्त्वबारेमा चर्चा गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको