एडिलेड – साउथ अस्ट्रेलियामा रहेका शपिङ सेन्टरहरुले पार्किङ शुल्क उठाउन नपाउने भएको छ । प्राइभेट पार्किङ एरिया (शपिङ सेन्टर पार्किङ एरियाज) अमेडमेन्ट बिल नामक कानून लागू भएपछि शपिङ सेन्टरहरुले बुधबारबाट पार्किङ शुल्क उठाउन नपाउने भएको हो ।
नयाँ कानून अनुसार ३४ हजार स्क्वायर फिटभित्र शपिङ सेन्टरहरुले ग्राहक अथवा कामदारसँग पार्किङ शुल्क उठाउन नपाउने भएको हो ।
यो कानूनको उल्लंघन गर्ने शपिङ सेन्टरका मालिकले ५ हजार डलर जरिवाना तिर्नुपर्नेछ ।
वेस्टफिल्डको टी ट्री प्लाजाले आगन्तुकहरू र कामदारहरूलाई पार्किङको लागि प्रति दिन ३५ सम्म शुल्क उठाउन बूम गेटहरू स्थापना गर्ने प्रयास गरेपछि उक्त कानून ल्याइएको हो ।