एडिलेड । साउथ अस्ट्रेलियाको प्रहरीले उत्तरी भेगको एक एज्ड् केयरकी ७९ वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
स्थानीय प्रहरीका अनुसार वृद्ध- वृद्धा स्याहार केन्द्रमा कार्यरत ती पुरुषले जनवरी र फेब्रुअरीको बिचमा तीन पटक स्याहार केन्द्रमै बलात्कार गरेको आरोप लगाइको छ । आरोपित पुरुषलाई एडिलेडको पुर्वीभेगमा रहेको उनको घरबाट प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा उपस्थित गराएको थियो । उनलाई तारिखमा छोडिएको छ भने उनको अर्को सुनुवाइ मार्च ३० तारिख तोकिएको छ ।
अस्ट्रेलियाका एज्ड् केयरमा नेपाली समुदायका कामदारहरूको सङ्ख्या बढ्दो छ ।
यो खबर पहिलो पटक यहाँ प्रकाशन भएको थियो ।