एडिलेडको एक एज्ड् केयरमा ७९ वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

एडिलेडको एक एज्ड् केयरमा ७९ वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
नेपालआईज
१८ फागुन २०७९ २३:३६

एडिलेड । साउथ अस्ट्रेलियाको प्रहरीले उत्तरी भेगको एक एज्ड् केयरकी ७९ वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

स्थानीय प्रहरीका अनुसार वृद्ध- वृद्धा स्याहार केन्द्रमा कार्यरत ती पुरुषले जनवरी र फेब्रुअरीको बिचमा तीन पटक स्याहार केन्द्रमै  बलात्कार गरेको आरोप लगाइको छ । आरोपित पुरुषलाई एडिलेडको पुर्वीभेगमा रहेको उनको घरबाट प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा उपस्थित गराएको थियो । उनलाई तारिखमा छोडिएको छ भने उनको अर्को सुनुवाइ मार्च ३० तारिख तोकिएको छ ।

अस्ट्रेलियाका एज्ड् केयरमा नेपाली समुदायका कामदारहरूको सङ्ख्या बढ्दो छ  ।

यो खबर पहिलो पटक यहाँ प्रकाशन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको